“एन् एन्ड् जे इन्टरटेनमेन्ट् यु एस् ए” ले नवौं वार्षिक उत्सवको उपलक्ष्यमा रोचक कार्यक्रम सहित “न्यू योर्क् नेपाली कविता महोत्सव” आयोजना गर्दैछ। यस वर्षको कार्यक्रमलाई नेपालीहरुको सर्वोत्कृष्ट वैवाहिक वेबसाइट नेपालीविवाह डट कम (www.nepalivivah.com) ले प्रायोजन गरेको छ । आईतवार १२ अक्टोवर २०१४ दिउँसो २: ०० देखी ६: ०० बजेसम्म सत्य नारायण मन्दिर ज्याक्सन हाईट्स्, न्यु योर्कमा सो कार्यक्रम हुने छ।
सो उपलक्ष्यमा प्रतियोगितात्मक र अप्रतियोगितात्मक कविताहरु वाचन गरिने छ। ईच्छुक कवि-कवयित्रीहरुलाई भाग लिनको निमित्त “एन एन्ड जे इन्टरटेनमेन्ट् यु एस् ए” ले अनुरोध गरेको छ । कवि-कवयित्रीहरुकले नेपाल र नेपालीको संस्कृतिसँग सम्बन्धित् कुनै पनि कविता वाचन गर्न सक्नु हुनेछ। प्रतियोगिता शुरु हुनु भन्दा आधा घण्टा अघि आ-आफ्नो कविताको एक प्रति आयोजकलाई बुझाउनको निमित्त सूचना गरिएको छ ।
कार्यक्रमका दिन भाषासाहित्यमा अग्रसर कुनै एक बालसाहित्यकारको योगदानको कदर गरी २०१४ को उत्कृष्ट बालसाहित्यकारको रुपमा घोषणा गरिने छ ।